संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले धार्मिक कार्यमा राजनीति नगर्न आग्रह गरेका छन् । राजनीतिक रुपमा गर्नुपर्ने आलोचना र विरोध राजनीतिक ढंगले नै गर्न आग्रह गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
हनुमान ढोका दरबार संग्राहलय विकास समितिको १० औ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले भने, ‘धार्मिक कार्य गर्दा पनि राजनीतिक तरिकाले विरोध गर्नु उचित छैन । धार्मिक कार्यलाई सकारात्मक ढंगले सोच्नुपर्छ ।’
मन्त्रीको संकेत पशुपतिमा सरकारले राखेको जलहरी र संग्राहलयले गरेको गहना प्रदर्शनीको विरोध गर्नेहरुप्रति लक्षित थियो ।
तपाइँको प्रतिक्रीया