नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले बहिष्कार गर्ने भएका छन् ।
केन्द्रीय समिति बैठकको पूर्व सन्ध्यामा केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान कार्यक्रम चैत ३ गते बिहान ११ बजे बालुवाटारमा हुँदैछ ।
अध्यक्ष ओलीले विधानविपरीत एकलौटी ढंगले नेपाल–खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेको भन्दै यो समूह रुष्ट छ । यसै विषयमा छलफल गर्न यो समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । भेलाको अघिल्लो दिन ओलीले चियापान आयोजना गरेका हुन् ।
तपाइँको प्रतिक्रीया