२०८२ जेठ २१ मङ्गलबार

राशिफल

महालक्ष्मी विकास बैंकको सीईओमा देवकोटा

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकबाट उनले सीईओको जिम्मेवारी पाएका हुन् । करिब दुई दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय उनी यसअघि सिटिजन्स बैंकको नायब प्रमुख अधिकृत थिए ।

महालक्ष्मीमा सीईओ पाउने भएपछि उनले सिटिजन्स बैंक छाडेका थिए ।