२०८२ जेठ २१ मङ्गलबार

राशिफल

ओली र नेपाल पक्षबीच कुरा मिलेन

नेकपा एमालेको केपी शर्मा ओली र माधव नेपाल पक्षका नेताहरुबीच भएको छलफल बिना निस्कर्ष टुंगिएको छ । २८ फागुनमा अध्यक्ष ओलीले गरेको एकलौटी निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको मागमा कुरा नमिल्दा वार्ता नटुंगिएको हो ।

नेपाल समूहले एकलौटी रुपमा गरिएको सो निर्णय खारेज गर्न माग गरे पनि अध्यक्ष ओली त्यसमा सहमत भएनन् ।

ओलीले २८ फागुनमा आफू निकट केन्द्रीय सदस्यहरुको बैठक राखेर विधान संशोधन गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र रामबहादुर थापा बादल समूहका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नेलगायतका निर्णय गराएका थिए ।