२०८२ जेठ १९ आइतबार

राशिफल

तरकारीको बोरामा लागूऔषध, दुई पक्राउ

प्रहरीले लागूऔषध अनरेक्स र नाइट्रोभेट ट्याबलेटसहित २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य गोरखपुर जिल्ला पोखरा गाउँका ५५ वर्षीय रमेश दास र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ बस्ने २९ वर्षीय रामकुमार देउजा रहेका छन् ।

उनीहरुले तरकारी हालेको बोराभित्र लुकाएर आगूऔषध नेपाल ल्याउँदै थिए ।