२०८२ जेठ २१ मङ्गलबार

राशिफल

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे ३ वर्ष कैद सजाय

बलात्कारको झुटो आरोप लगाउने सुर्खेतकी एक महिलालाई जिल्ला अदालत सुर्खेतले साढे तीन वर्ष कैद सजाय सुनाएको छ ।

वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाविरुद्ध अदालतले तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।

उनले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि महिलालाई कैद सजाय तोकिएको हो ।