२०८२ जेठ २२ बुधबार

राशिफल

नेपालका अवैध मोबाइल फोन बन्द हुने

नेपालमा अवैध रूपमा भित्रिने मोबाइल फोन बन्द हुने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मोबाइलको अवैध आयात बन्द गर्ने तयारीस्वरुप यस्तो गर्न लागेको हो ।

हालसम्म आधिकारिक दर्ता नभएका मोबाइल फोन बन्द गर्ने कुनै पनि प्रविधि छैन । अब भने त्यस्ता फोन बन्द गर्नका लागि प्रविधिले काम गर्ने भएको हो ।

एमडीएमएसले सेतोसूचीमा आधिकारिक, खैरोसूचीका मोबाइल फोन हराएका वा चोरी भएका र कालोसूचीमा अनधिकृत फोन राख्ने गर्छ । प्राधिकरणले कालोसूचीमा भएका फोन बन्द गर्ने तयारी गरेको हो ।