नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ हुने भएको छ ।
मूल्य बृद्दिपछि पनि घाटा ब्यहोरिरहेको निगमले जनाएको छ । निगमले पछिल्लो महिना नै तीन पटक पेट्रोलियम पदार्थको मूल्य बृद्दि गरिसकेको छ ।
तपाइँको प्रतिक्रीया