सन् २००९ मा रिलिज भएको साइन्स–फिक्सन चलचित्र ‘अवतार’ विश्वकै सबैभन्दा बढी कमाउने चलचित्र बनेको छ।
अवतार चीनमा रिलिज भएपछि यसले एक हप्तामै लाखौं डलर आम्दानी गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।
अवतारको हालसम्मको कमाई २ दशमलब ८ अर्ब अमेरिकी डलर पुगेको छ। बीबीसीका अनुसार जेम्स क्यामरुनले बनाएको चलचित्र अवतार ‘एभेन्जर्सः इन्डगेम’ भन्दा ४० लाख अमेरिकी डलर बढी आम्दानी गर्न सफल भएको हो ।
तपाइँको प्रतिक्रीया