२०८२ जेठ २५ शनिवार

राशिफल

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता आईपीओ जारी गर्दै

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । जसका लागि उसले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक र प्रभु क्यापिटल तथा एनआईबीएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक तोकेको छ ।

बुक बिल्डिङमार्फत साधारण शेयर जारी गर्ने कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत (६० लाख कित्ता) शेयर संस्थागत लगानीकर्ता, स्थानीय जिल्लावासी र कर्मचारी तथा अन्य सर्वसाधारणका लागि आईपीओको रुपमा जारी गर्ने भएको हो।

जसमध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि, ८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता शेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको कम्पनीले जनाएको छ ।