विदेशीसँग मिलेर अनलाइनमार्फत ठगी गर्ने नेपाली एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले सिरहाको लहान घर भएका रञ्जित यादवलाई पक्राउ गरेको हो ।
२३ वर्षीय रञ्जितले अमेरिकी र अफ्रिकनसँग मिलेर अनलाईमार्फ ठगी गर्दै आएका थिए । उनले विराटनगरमा अंश मनि ट्रान्सफर चलाउँदै आएका थिए ।
फेसवुकको विज्ञापनमा लोभ्याएर सो गिरोहले विदेशी नागरिक गर्दिनिया दुवात्रे सँग सम्पर्क गराउँथे । सामान खरिदका लागी ५ हजारको फर्म भर्न भन्थे । ह्वाट्स एपबाट मात्र कुरा गर्थे । डिएचएल कार्गोबाट सामान नेपाल पठाउन लागेको जानकारी दिन्थे । विदेशबाट नेपालमा सामान आइरहेको भनेर विश्वास जित्न ट्र्याकिङ आइडी दिन्थे । अनि, पैसा पाएपछि सम्पर्क बिहिन हुने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
तपाइँको प्रतिक्रीया