अब अनलाइनबाट विद्युत महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले ५०० रुपैयाँसम्मको बिजुलीको महशुल भुक्तानी गर्दा शुल्क नलाग्ने तर सोभन्दा बढी ५ लाखसम्मको बिल भुक्तानीमा प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लाग्ने प्रस्ताव गरेको हो ।
अब भुक्तानी सेवा प्रदायकलाई अनलाइन भुक्तानीबापत शुल्क उठाउन अनुमति पाउने छन् । यसबाट अनलाइन भुक्तानी कार्य निरुत्साहित हुने भन्दै विरोध भइरहेको छ ।
तपाइँको प्रतिक्रीया