२०८२ जेठ २१ मङ्गलबार

राशिफल

केकी अधिकारीको कपाल मुन्डन रहस्य !

नायिका केकी अधिकारीले कपाल मुन्डन गरेकी छन्। उनले सामाजिक संजालमार्फत मुन्डन लुक्स सार्वजनिक गरेकी छन् । तस्बिर तथा भिडियोमा केकीको नयाँ लुक्स देख्न सकिन्छ ।

तर, मुन्डनको खास रहस्य भने उनले सार्वजनिक गरेकी छैनन् । उनीनिकटहरुका अनुसार नाटक ‘बोक्सीको घर’को कथामा केकीले फिल्म निर्माण गरिरहेकी छन्।

उनी फिल्ममा मुख्य भूमिकामा रहेकाले सोका लागि केकीले कपाल मुन्डन गरेकी हुन् ।