२०८२ जेठ २५ शनिवार

राशिफल

त्रिदेशीय कप फुटबलमा बंगलादशले विजयी शुरुवात

त्रिदेशीय कप फुटबलमा बंगलादशले विजयी सुरुवात गरेको छ । बंगलादेशले किर्गिस्तानको ओलम्पिक टिमलाई १–० ले पराजित गर्दै जित निकालेको हो ।

दशरथ रंगशालामा भएको खेलमा किर्गिस्तानका कुमारबाज उलु बेइमनले आत्मघाती गोल गरेको थिए । सोही गोल जितको आधार बन्यो ।

तीन टिमबीच सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगितामा नेपालले बिहीबार किर्गिस्तानसँग पहिलो खेल खेल्दैछ ।