राजधानीमा जारी नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगितामा पुल्चोक इन्जिनियरिङ क्लब जित हासिल गरेको छ ।
पाकिस्तान दूतवासको मैदानमा भएको पुल्चोकको अन्तिम खेलमा उसले आरएस विद्यापीठलाई २८ रनले पराजित गर्यो ।
पुल्चोकले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै २ सय ४६ रन जोडेको थियो । २ सय ४७ रनको लक्ष्य पछ्याएको आरएस विद्यापीठले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २० रन मात्र जोडेको थियो ।
१२ टोलीको सहभागिता रहेको प्रतियोगिताको सेमिफाइनलमा समूह ए बाट हाम्रो किचन, समूह बी बाटा बलपार्क क्रिकेट एकेडेमी, समूह सी बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र समूह डी बाट एन्जल पुगेका छन्। पुल्चोक भने प्रतियोगिताबाट बाहिरिएको छ ।
तपाइँको प्रतिक्रीया