पोखरा विश्वविद्यालय टि–२० क्रिकेट लिग सिजन ४ को उद्घाटन भएको छ । पोखरा विश्वविद्यालय क्रिकेट क्लवद्वारा आयोजित उक्त प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा पोखरा विश्वविद्यालयका विभिन्न आंगिक क्यापसमा अध्ययनरत विद्यार्थीहरुको ८ टिमले सहभागिता जनाउँदै छन् ।
प्रतियोगितामा गोरखाली वलाष्टर्स्, पियू राइनोज, स्टिल्थ सिक्सर्स, मिथिलाञ्चल वारियर्स, फारवेष्ट टाइगर्स, पियू रेड वारियर्स, अन्नपूर्ण किङ ११ र गण्डकी स्टाइकर्स रहनेछ ।
हरेक टिममा २–२ जना राष्ट्रिय टिमका खेलाडीहरु अनुवन्ध भइसकेको आयोजकले जनाएको छ ।
तपाइँको प्रतिक्रीया