गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन धुर्मुस–सुन्तली फाउन्डेसनले मेची–महाकाली अभियान सुरु गरेको छ ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला ११ करोड ऋणमा रहेको र आर्थिक संकटमा परेको भन्दै अभियानमा निस्किएका छन् ।
चैत्त १० गते पश्चिमको कन्चनपुरबाट आर्थिक सहयोग संकलन अभियानको शुभारम्भ भएको हो । रंगशाला निर्माण गर्दा फाउन्डेसन ऋणमा रहेको विषय सार्वजनिक भएपछि यसअघि साधारण सेयर ‘आइपीओ’ जारी गरेर रंगशाला बनाउनुपर्ने कुरा सामाजिक सञ्जालमा उठेको थियो।
त्यसपछि फाउन्डेसनका प्रमुख सीताराम कट्टेलले आइपीओलाई जनस्तरबाट बनिरहेको रंगशाला निर्माणमा जोड्न नसकिने जवाफ दिएका थिए। उनले आफ्नो फाउन्डेसन गैर नाफामूलक संस्था भएकाले आइपीओ जारी गर्न नसकिने बताएका थिए।
पछिल्लो फाउन्डेसनले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान संचालन गरेको छ।
तपाइँको प्रतिक्रीया