नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य हुने भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा फहाद अलजुलन्दा अल साइदिबीच भएको भेटघाटमा सहकार्यको सहमति भएको हो ।
हाललाई कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने गरी कार्य अगाडि बढाउने सहमति भएको मस्कटस्थित नेपाली दूतावास ओमानले जनाएको छ। अनुसन्धान तथा प्राज्ञिक विषयमा समेत थप सहकार्यका लागि छलफल गरिनेछ ।
तपाइँको प्रतिक्रीया