परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलबीच भेट भएको छ।
भेटका क्रममा संघका अध्यक्ष पन्तले संघले गरिरहेको गतिविधिबारे परराष्ट्रमन्त्री ज्ञवालीलाई जानकारी गराए ।
संघले स्थापना गर्न लागेको एनआरएन इमर्जिंग फण्डमा लगानीका लागि देखा परेका विभिन्न कानुनी अड्चन फुकाइ सहज रुपमा लगानीको वातावरण बनाउन मन्त्री ज्ञवाली समक्ष उनले आग्रह गरे ।
सो अवसरमा मन्त्री ज्ञवालीले संघको तर्फबाट आएको सुझावलाई सकारात्मक लिएको बताए । खोप उपलब्ध गराउनका लागि संघले देखाएको चासोलाई सकारात्मक रुपमा लिएको भन्दै उनले त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गर्न आग्रह गरे ।
तपाइँको प्रतिक्रीया