२०८२ जेठ २१ मङ्गलबार

राशिफल

इजिप्टमा रेल दुर्घटना, ३२ जनाको मृत्यु

इजिप्टमा भएको रेल दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन् ।

लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जाँदै गरेका दुई रेल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेशमा दुर्घटना भएको हो । घटनास्थल राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्छ। घटनाका बारेमा अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको छ ।