२०८२ जेठ २१ मङ्गलबार

राशिफल

म्यानमारमा सेनाले थाल्यो आफ्ना नागरिकहरूमाथि हवाई आक्रमण

म्यानमारको सेनाले आफ्ना नागरिकहरूमाथि हवाई आक्रमण सुरु गरेको छ । कूमार्फत् सेनाले सत्ता हत्याएको म्यानमारमा चर्किएको संघर्षका दौरान पछिल्लो समय नागरिकाथि दमन भइरहेको छ ।

सेनाले हवाई हमला थालेपछि दक्षिणपूर्वी प्रान्त करेनका तीन हजार म्यानमारी शरण खोज्दै थाइल्याण्ड गएका छन्। केही नागरिक भने जंगलमा लुकेको अन्त्र्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राहत संस्था फ्री बर्मा रेन्जरका संस्थापक डेभिड एउबान्कका अनुसार हवाई हमलामा परी करेन नेशनल युनियनका दुई जना सिपाही मारिएका छन्।

करेन नेशनल युनियन नियन्त्रित एक गाउँमा सेनाले गरेको हवाई हमलामा परी कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको नागरिक समूहले जनाएको छ।