मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १९ औ संस्करण चैत २१ देखि हुने भएको छ । आयोजक पोखराको साहारा क्लबले पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएको हो ।
प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैँया पाउनेछन् भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछन् ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कूल ८ वटा टिम सहभागी हुनेछन् । मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखरा रहेका छन् । उद्घाटन खेल आयोजक र एपीएफबीच हुनेछ । भिड्ने छन् ।
तपाइँको प्रतिक्रीया