‘अन्तराल’बाट नेपाली सिने क्षेत्रमा पाइला टेकेकी नायिका हुन्, नम्रता सापकोटा । चलचित्रको पर्दा र म्युजिक भिडियोमा उत्तिकै व्यस्त रहेने यी नायिकाको पछिल्लो चलचित्र ‘समर लभ’ देशभर प्रदर्शन भइसकेको छ । सरल स्वभावकी नम्रतालाई ५ प्रश्नः
१. फिल्मबाहेक तपाईं कुन कुरामा बढी रमाउनुहुन्छ ?
मेरो करियर नै फिल्मसँग जोडिएको हुनाले म सबैभन्दा बढी यसमै रमाउँछु । म्युजिक भिडियो, विभिन्न इभेन्टहरुमा जाँदा पनि मलाई रमाइलो नै लाग्छ । विभिन्न समयमा गरिने यात्रा पनि मलाई रमाइलो नै लाग्छ । मेरो विचारमा आफू खुसी हुन सक्ने हो भने यहाँ हरेक कुरा रमाइला नै छन् ।
२. जीवनको एउटा अविष्मरणीय क्षण कुन हो र किन ?
ठ्याक्कै त मैले बिर्सिएँ । तर, अहिले याद भएको मध्ये ‘सिग्नेचर फिल्म’मा काम गर्न पाउनु मेरा लागि एउटा अविष्मरणीय क्षण हो । फिल्मको टिमले फोन गरेर बोलाउनु भएको थियो । एक्कासी फोन गरेर नायिकाको भूमिकाका लागि अडिसनमा भाग लिन बोलाउनुभयो । र, अर्को हप्ता फिल्ममा साइन पनि भयो । यो कुरा मलाई निकै रमाइलो लाग्छ ।
३. घरमा एक्लै हुँदा के गर्न मन पर्छ ?
म प्राय छतमा बसेर भावनामा हराउन, कुनै कुरा चिहाउन मन पराउँछु । छतमा बसेर चिया पिउँदा पनि छुट्टै आनन्द आउँछ । साथै, घरमा मेरो एउटा कुकुर पनि छ, त्योसँग खेलेर पनि रमाइरहेकी हुन्छु ।
५. जीवनमा कत्तिको रुनुहुन्छ ? रुँदा आनन्द आउँछ कि हाँस्दा ?
पक्कै पनि आनन्द हाँस्दा नै आउँछ तर, म जीवनमा धेरै नै रुन्छु । चाडै इमोसनल हुने खालको मेरो स्वभाव छ । सानोसनो कुरामा पनि चित्त दुख्छ । केही समयअघि समर लभको सुटिङका क्रममा एक जना मानिसले कुकुरलाई लात्ताले हानिरहेको देखेँ । सहन नसकेर म उसँग झगडा नै गर्न गएँ । र, उसँग झगडा गरिरहँदा मेरो आँखा रसाइरहेको थियो । यस्ता घटना धेरै छन् । तर, मलाई एकान्तमा रुन मनपर्छ ।
४. आफ्नो प्रेमी वा श्रीमानबारे कुनै धारणा बनाउनु भएको छ ? यस्तो भइदिए हुन्थ्यो भन्ने ?
म्याचुअर हुँदै गएपछि त्यसबारे कहिलेकाहिँ सोचिदोरहेछ । म र मेरो कामलाई बुझ्ने खालको भइदिए हुन्थ्यो भन्ने लाग्छ । कामको शिलशिलामा कहिलेकाहिँ रातको १ बजे पनि घर आउनुपर्ने हुनसक्छ । त्यस्तो बेला जीवनसाथीले बुझिदिएन भने कस्तो होला ? त्यसैले आपसी समझादरी कायम गर्ने, पारिवारीक वातावरण बनाइीदने भए राम्रो हुन्थ्यो भन्ने लाग्छ ।
तपाइँको प्रतिक्रीया