कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा २२ मत खसेको थियो भने विपक्षमा १५ मत खसेको थियो ।
बैठकमा ३७ जना सांसद उपस्थित थिए । नेकपा एमालेका तर्फबाट १९, माओवादी केन्द्र १२, कांग्रेस ६ र राप्रपाका एक सांसद रहेका छन् । शाहीलाई सरकार बचाउनका लागि २० सांसद आवश्यक पर्दछ ।
आजको मतदानमा एमालेका माधवकुमार नेपाल समूहका नेताहरुले फ्लोर क्रस गर्दै शाही सरकारको समर्थनमा मतदान गरेका छन् ।
फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने एमालेका सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् ।
तपाइँको प्रतिक्रीया