२०८२ जेठ २१ मङ्गलबार

राशिफल

झाको नेतृत्वमा नेईए निर्वाचनमा लोकतान्त्रिक गठबन्धन

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले आफ्नो प्यानल दर्ता गरेको छ । डेमोक्रेटिक तराई इन्जिनियर्स सोसाइटी, राष्ट्रिय इन्जिनियर्स संघ र नेपाल भ्यालुयर्स एसोसिएसन एनभीएका अध्यक्ष ऋषि कोइरालाको सहभागीतामा बनेको गठबन्धनबाट ई. दिलिपकुमार झाको नेतृत्वमा नेईए निर्वाचनमा जाने पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा भएको हो ।

प्यानलको उपाध्यक्षमा ई. ऋषि कोइराला, महासचिवमा ई. कृष्ण सिंह बस्नेत, उप–महासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ र सह–कोषाध्यक्षमा ई. सञ्जय कुमार महतो रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा ई. नविन तिवारी, ई.पराग कायस्थ, आ. लैला श्रेष्ठ, ई. बज्र मान सिंह थापा, ई. रामा शंकर जैशवाल, ई. अञ्जनी कुमार देउजु श्रेष्ठ, ई. डा. भरत मण्डल, ई. डा. ढुण्डी राज दाहाल, ई. प्रजन हडा, ई. सुवाश जोशी, ई. लक्ष्मण मण्डल र ई. भोजराज यादव रहेका छन् । वागमति प्रदेश केन्द्रीय प्रतिनिधिका लागि ई. सुजित मान राज भण्डारी रहेका छन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलमा प्रतिनिधित्व गर्ने ५ सदस्यमा ई. रत्नेश्वर लाल कर्ण, आ. पुनम शाह, ई. भगत मान सिंह प्रधान, ई. टेकराज बोहरा र ई. रोमी मानन्धर रहेका छन् ।