कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।
आज (शनिबार) बसेको सीसीएमसीको बैठकले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
बालबालिकाहरुमा कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न पटकपटक आग्रह गर्दै आइरहेको छ ।
तपाइँको प्रतिक्रीया