बैशाख २४ गत तोकिएको नेपाल इन्जिनियर्स एसोसिएसनको निर्बाचन हुने कि नुहने आइतबार टुंगो लाग्ने भएको छ । शनिबार बसेको एसोसिएसन पदाधिकारी र स्टेक होल्डरको बैठकले निर्बाचन गर्ने कि नगर्ने भन्ने जिल्ला प्रशासनको निर्णयका आधारमा हुने निर्णय गरेका छन् ।
आइतबार जिप्रकाले एसोसिएसन र एसोसिएसनको निर्वाचन समितिलाई छलफलका लागि बोलाएको छ । उम्मेदवारको बिबाद पनि रहेकाले छलफलमा जिप्रकाको के निर्णय आउँछ त्यसले निर्वाचन हुने नुहने भन्ने फाइनल हुनेछ ।
कोरोनाका कारण निर्वाचन नहुने सम्भावना बलियो देखिएको छ । योबारे आइतबार नेईएको पदाधिकारी बैठक बस्र्दैछ । जिप्रकामा बैठक बसेपछि नेईएको बैठकले निर्वाचन हुने कि नहुने भनेर अन्तिम निर्णय गर्नेछ ।
तपाइँको प्रतिक्रीया