२०८२ जेठ २१ मङ्गलबार

राशिफल

निर्वाचनका लागि लोकतान्त्रिक इञ्जिनियर्स समूहलाई एनईएका पूर्वअध्यक्ष तथा पूर्वपदाधिकारीको शुभकामना

ई. दिलीप झाले नेतृत्व गरेको लोकतान्त्रिक इञ्जिनियर्स समूहलाई एनईएका पूर्वअध्यक्ष तथा पूर्वपदाधिकारीहरुले इञ्जिनियर्स एसोसिएसनको निर्वाचनका लागि शुभकामना दिएका छन् ।

शनिबार बसेको बैठकमा उपस्थित एनईएका पूर्वअध्यक्ष तथा पूर्वपदाधिकारीहरुले आगामी वैशाख २४ गते हुने इञ्जिनियर्स एसोसिएसनको निर्वाचनका लागि लोकतान्त्रिक इन्जिनियरिङ समूहलाई शुभकामना दिएका हुन् ।

बैठकमा नेपाल इञ्जिनियरिङ काउन्सिलका पूर्वअध्यक्ष सत्यनारायण शाह, नेपाल इञ्जिनियरिङ एसोसिएसनका पूर्वअध्यक्षद्वय ई. किशोर शाक्य र डा. जिवराज पोखरेल, ई.धुर्वराज थापा, हरिराम श्रेष्ठ, ई. हरिओम श्रीवास्तव, पूर्वमहासचिवद्वय किशोर झा र अनुराधा शर्मा, टिआर पन्त, ई. अरबिन्द गुप्ता, ई. उमा शंकर शाहको उपस्थिति रहेको थियो ।

बैठकमा बोल्दै उनीहरुले आगामी निर्वाचन भव्यताका साथ सम्पन्न हुने र त्यसमा लोकतान्त्रिक इञ्जिनियर्स समूहले जित हात पार्नेमा आफूहरु विश्वस्त रहेको भन्दै अग्रिम बधाइ दिएका थिए ।