२०८२ जेठ २२ बुधबार

राशिफल

कर्णालीमा फ्लोर क्रस गर्ने ३ नेता बने मन्त्री

फ्लोर क्रस गरेर कर्णालीमा माओवादी केन्द्रको सरकार जोगाएका ३ प्रदेशसभा सदस्य मन्त्री बनेका छन् ।

नेकपा एमालेका ती सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

फ्लोर क्रस गर्ने नन्दसिंह बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, अमरबहादुर थापा भौतिक पूर्वाधार विकास मन्त्री र कुर्मराज शाही उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री बनेका हुन् ।

एमाले प्रदेश कमिटीले फ्लोर क्रस गर्ने ३ प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । यी चार जनाले फ्लोर क्रस गरेका थिए ।