२०८२ जेठ २१ मङ्गलबार

राशिफल

बादल सांसदबाट पदमुक्त, मन्त्रीको शपथग्रहण आजै

गृहमन्त्री रामबहादुर थापा बादल सांसदबाट पदमुक्त भएका छन् ।

माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रहेका बादललाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले रिक्त भएको जानकारी गराएका हुन् ।

सांसद पदमा नरहेपछि उनको मन्त्री पद पनि गुमेको छ । तर, प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पुनः मन्त्री पदमा नियुक्त गरेका छन् ।

मन्त्रीमा नियुत्तः भएका बादलको शपथग्रहण आजै हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ बजे शपथ ग्रहण गराउने तयारी गरेकी हुन् ।

यसअघि पनि माओवादी केन्द्रले ओली सरकारमा मन्त्री रहेका चार जना सांसदलाई कारबाही गरेको थियो । सांसद नरहेका चार मन्त्रीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गरेका थिए ।