२०८२ जेठ २१ मङ्गलबार

राशिफल

माअ‍ोवादी केन्द्रले स्थायी कमिटी बैठक बोलायो

माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

माओवादी केन्द्रले सोमबार बिहान ११ बजेका लागि बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा केपी शर्मा अ‍ोली नेतृत्वको सरकारलाई दिएको समर्थ फिर्ता लिने निर्णय गर्ने उनले बताए ।

श्रेष्ठका अनुसार बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ । पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उनले बताए ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री ओलीले संसदमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।