आइतबार एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८४ जनामा पीसीआर परीक्षण गर्दा १ हजार १५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जनामा संक्रमण भेटिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु छ । काठमाडौं उपत्यकामा संक्रमित हुनेको संख्या ४३५ रहेको छ ।
मन्त्रालयका अनुसार देशभर ६ हजार २९० जना कोरोना भाइरसको सक्रिय रहेकोमा ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।
तपाइँको प्रतिक्रीया