२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शनिबार नियुक्त भएका मन्त्रीहरु नन्दसिंह बुढा, कुर्मराज शाही र अमर बहादुर थापाले प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रालयमा अमर बहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन् ।

नेकपा एमाले माधव नेपाल समूहका चार जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । एमालेले फ्लोर क्रस गर्ने चार जना सांसदलाई कारबाहीका केन्द्रलाई सिफारिस गरिसकेको छ ।