गृहमन्त्री रामबहादुर थापा बादलले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बादललाई शपथ ग्रहण गराएकी हुन् ।
माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट बर्खास्त गरेपछि बालद स्वतः मन्त्रीबाट पदमुक्त भएका थिए । उनलाई प्रधानमन्त्री केपी शर्मा अोलीले पुनः मन्त्री पदमा नियुक्त गरेका थिए ।
सर्ट पाइन्ट लगाउन रुचाउने बादलको गेटअप पनि चेञ्ज भएको छ । उनी दौरासुरुवालसहित शपथ ग्हणमा सहभागी भएका थिए । उनले खैरो कोट र भादगाउँले टोपी लगाएका थिए । यसअघि गृहमन्त्री बादलले सार्वजनिक कार्यक्रममा राष्ट्रिय पोशाक दौरासुरुवाल लगाएको देखिएको थिएन् ।
तपाइँको प्रतिक्रीया