२०८२ जेठ २२ बुधबार

राशिफल

अब ट्रायल पास भए एक वर्ष ‘परीक्षणकालीन लाइसेन्स’

यातायात व्यवस्था विभागले ‘परीक्षणकालीन लाइसेन्स’ वितरण गर्ने भएको छ। ट्रायल पास भएपछि एक वर्षका लागि यस्तो लाइसेन्सको व्यवस्था गर्न लागिएको हो ।

लाइसेन्स परीक्षा पास भएपछि चालकलाई एउटा पिभिसी कार्ड वितरण गरिन्छ । यो कार्डमा ‘परीक्षणकालीन लाइसेन्स’ भनेर लेखिएको हुनेछ।

ट्रायल पास भएपछि पाउने रसिद बोक्न असहज र व्यवस्थित तरिकाले राख्न समस्या हुने भएकाले यस्तो व्यवस्था सुरु गरिएको हो ।

परीक्षणकालीन अवधिमा पाँच पटकभन्दा बढी कारबाहीमा परे स्मार्ट लाइसेन्स पाइँदैन । ंंंंंंंंप्रक्रिया पनि सुरुदेखि गर्नुपर्छ ।