नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) को आयोजनामा ३ दिने ‘फिक्स्ड एसेट भ्यालुयसन ट्रेनिङ’ (स्थिर सम्पत्ति मूल्यांकन तालिम) सम्पन्न भएको छ । शुक्रबारदेखि काठमाण्डुमा सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो ।
तालिममा देशभरका विभिन्न जिल्लालाई कार्यथलो बनाइ विभिन्न कन्सल्टेन्सी फर्ममा आवद्द इन्जिनियरहरुको सहभागीता रहेको थियो । तालिममा ई. सुशील अमात्य, ई. दिनेश पाठकले प्रशिक्षण दिएका थिए ।
एनभीएका कानुनी सल्लाहकार नारायण कोइरालाले मूल्यांकनकर्ताले बुझ्नुपर्ने कानुनी पाटोबारे प्रशिक्षण दिएका छन् भने नापी नक्सा र मालपोतसम्बन्धी विषयमा टंक दाहालले समेत प्रशिक्षण दिएको सचिव ई. दिनेश पाठकले जानकारी दिए ।
तालिमको समापन कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाई सम्मान गरिएको थियो । साथै, मिश्रले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका छन् ।
तपाइँको प्रतिक्रीया