माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ। नेकपा एमाले पुनर्स्थापित भएपछि अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरु बदर गर्न माग गर्दै नेपाल पक्षले निर्वाचन आयोगलाई पत्र लेखेको हो ।
ओलीले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाको अवज्ञा गरेको भन्दै नेपाल पक्षले आयोग गुहारेको हो । नेपाल पक्षले आयोगसमक्ष दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका निर्णयहरुको आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ को (ख) र (ग) तथा ४४ (१) अनुसार जाँच गर्न माग गरेको छ ।
ओली समूहका नेताहरु मात्र उपस्थित भएको २८ फागुनको बैठक त्रुटिपूर्ण र गैरकानूनी भएको दाबी नेपाल पक्षको छ । बैठकबारे वरिष्ठ नेता र पदाधिकारीलाई सूचना समेत नभएको भन्दै नेपाल समूहले विधान संशोधन गरेर बाधा अड्काउ फुकाउ गर्ने, २३ जनालाई केन्द्रीय सदस्य मनोनयन गर्ने निर्णय बदर गर्न माग गरेको छ ।
तपाइँको प्रतिक्रीया