२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कोरोना फैलन नदिन सोमबारदेखि सरकारले भिडभाड हुने स्थानमा कडाइ गर्ने

सरकारले भिडभाड हुने क्षेत्रहरूमा कडाइ गर्ने भएको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा कोरोना महामारी थप फैलन नदिन सरकारले यस्तो निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय, रंगशाला, यातायात क्षेत्र, रेष्टुरेन्टलगायतमा भिडभाड हुने क्षेत्रमा भिड जम्मा नहुने व्यवस्था मिलाउनका लागि सरकारले पहल थालेको हो ।

अनलाइनलगायत भौतिक उपस्थिति बाहेकका वैकल्पिक प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलाप जारी राख्ने निर्णयसमेत सरकारले गरेको छ ।

नेपालमा कोरोनाको दोस्रो भेरियन्ट आइसकेको निष्कर्ष निकाल्दै सरकारले भिडभाड हुने क्षेत्रलाई विशेष नियन्त्रण गर्न लागेको जनाएको छ ।