२०८२ असार १२ बिहीबार

राशिफल

देउवा आफ्नो नेतृत्वमा सरकारमा जान तयार

नेपाली कांग्रेस सरकारको नेतृत्व लिन तयार देखिएको छ । केही समयअघि केपी शर्मा ओलीसँग निकट भएका कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो समय माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता सहकार्य गर्न तयार भएका हुन् ।

प्रधानमन्त्री ओलीसँग मिलेर अर्ली इलेक्सनमा जाने तयारी गरेका देउवाले आफ्नै नेतृत्वमा सरकारमा गएर निर्वाचनमा जाँदा प्रभावकारी हुने सोचेर यस्तो निर्णय गरेको उनीनिकट बताउँछन् ।

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष रहेको र ठाकुर पक्षले साथ नदिए प्रधानमन्त्रीविरुद्द दर्ता हुने अविश्वासको प्रस्ताव फेल त हुने होइन भन्ने आशंकामा देउवा थिए । तर, कर्णाली प्रदेशमा एमाले सांसदले फ्लोर क्रश गरेर माओवादी केन्द्रलाई विश्वासको मत दिएपछि देउवा थप ढुक्क भएका हुन् ।

उता, फ्लोर क्रशको घटनापछि जसपा पनि सशंकित छ र उसले एमालेभन्दा कांग्रेस र माओवादीसँग मिल्ने अवधारणा अघि सारेको छ । यस विषयमा यादव र भट्टराईले ठाकुरलाई फकाइरहेको बुझिएको छ ।