लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
सोमबार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
नेपाली कांग्रेसका सचेतक फखरुदिन खानले ४१ जना सांसदको हस्ताक्षर रहेको जानकारी दिए । उनले प्रदेशसभा अधिवेशन अन्त्य भएकाले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशनको माग गरिएको बताए ।
तपाइँको प्रतिक्रीया