लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखलले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका हुन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चार जना नेता मन्त्री बन्ने भएका छन् ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने स्रोतले जानकारी दियो ।
उनीहरुलाई आजै शपथग्रहण गराउने तयारी भइरहेको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका थिए । माओवादीका कुलबहादुर केसी र सुदर्शन बरालले मन्त्रीबाट राजीनामा दिएका हुन् ।
यीमध्ये कल्पना पाण्डेबाहेक अरू सबैले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४१ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
तपाइँको प्रतिक्रीया