नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को आसन्न निर्वाचन नसर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय (जिप्रका) कोरोना संक्रमणका कारण निर्वाचन सार्नुपर्ने अवस्था नरहेको बताएको छ ।
सोमबार जिप्रका प्रतिनिधि, नेईए पदाधिकारी र निर्वाचन समितिसँगको छलफलमा जिप्रकाका प्रतिनिधिले यस्तो बताएका हुन् ।
त्यस्तै, निर्वाचनमा प्रगतिशील समूहबाट उम्मेदवारी दिएका इन्जिनियरहरुको २ महत्वपूर्ण पद कायम भएको छ । निर्वाचन समितिले उम्मेदवारी रद्द गरेपछि उजुरी लिएर जिप्रका पुगेका उपाध्यक्ष र महासचिवको उम्मेदवारी कायम भएको हो ।
दोहोरो प्रस्तावक र समर्थक रहेको भन्दै उनीहरुको उम्मेदवारी रद्द भएको थियो । जिप्रकाले दोहोरो भए सच्याउन दिनुपर्ने आशयसहित सूचनाको हकको आधारमा उम्मेदवारी कायम गरिदिएको हो ।
अब बैशाख २४ गते नेईएको कार्य समिति, प्रदेश र इन्जिनियरिङ काउन्सिलमा जाने ५ सदस्यको निर्वाचन हुनेछ ।
तपाइँको प्रतिक्रीया