२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कोरोना नियन्त्रणमा सरकारको कडाई, पार्टी प्यालेस प्रयोग गर्न सिडिओको अनुमति अनिवार्य

कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने नियम ल्याएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङले विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने बताए । त्यस्तै मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जना भन्दा बढी सहभागी हुन नपाउने प्रवक्ता गुरुङले जानकारी दिए ।

त्यस्तै सरकारले सार्वजनिक कार्यालय र सवारी साधनमा मास्क अनिवार्य गरेको छ । बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारी लगायत सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मल, पसलहरुमा मास्क नलगाएकालाई प्रवेश नदिने निर्णय गरेको हो ।

सरकारले सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रुले मास्क नलगाए १० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।