डाक्टरलाई नक्कली प्रमाणपत्र बनाइदिएको आरोपमा ज्योतिदिप कन्सल्टेन्सीका अरुण चौधरी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली प्रमाणपत्रको आधारमा डाक्टर बनेका ७ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा चौधरीको नाम खुलेपछि उनलाई पनि पक्राउ गरिएको हो ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पक्राउ परेका दीर्घायू गुरु हस्पिटल, चाबहिलका डाक्टर मोहम्मद शाहिद राजाले चौधरीबाट एसएलसीको प्रमाण पत्र कीर्ते गरेको बताएका थिए ।
तपाइँको प्रतिक्रीया