२०८२ जेठ २२ बुधबार

राशिफल

दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय संचालन गर्न नदिए आन्दोलन !

दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारले निर्णयप्रति आपत्ति जनाएका छन् ।

पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारको निर्णय नमान्ने नमान्ने र आन्दोलन गर्ने धम्कीसमेत दिएका हुन् । सरकारले धैरै भीडभाड हुने क्षेत्र वैशाख महिनाभरीका लागि बन्द गराउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले रात्रीकालिन मनोरञ्जन क्षेत्र, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, डान्सबार, दोहोरी साँझ, नाचघर, पार्टी प्यालेस, हाटबजारलगायतमा रोक लगाउने निर्णय गरेको विरोधमा व्यवसायीहरु उत्रिएका हुन् ।