पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड–१९ (कोरोना) संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुमा कोरोना संक्रमण देखिएको हो । भारतबाट फकिृएपछि उनीहरुले गराएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
सो स्नानबाट लाखौंमा कोरोना संक्रमणको फैलने आशंका गरिएको थियो । त्यहाँ सहभागी भएका केही भारतीयको कोरानाका कारण मृत्युसमेत भइसकेको छ ।
उनलाई नेपालको विमानस्थलमा स्वागत गर्ने सयौंको भीड जम्मा भएको थियो ।
तपाइँको प्रतिक्रीया