२०८२ असार ३ मङ्गलबार

राशिफल

केकी अधिकारीलाई कोरोना संक्रमण

अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण भएको छ । उनी हाल आइसोलेसनमा छिन् । उनको स्वास्थ्य अवस्था पनि सामान्य छ ।

उनलाई कोरोना देखिएपछि छायांकन भइरहेको केकी अभिनित फिल्म ‘घिन्ताङ’ पोस्टपोन्ड भएको छ । साथै, उनी निर्मात्री रहेको टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’को सिजन २ समेत एकसातालाई पोस्टपोन्ड भएको छ ।

संक्रमित हुनेलाई क्वारेन्टिन र आइसोलेसनको पनि व्यवस्था गरिएको कमेडी च्याम्पियनले जनाएको छ ।

यसअघि फिल्म ‘घिन्ताङ’का निर्देशक दीपक श्रेष्ठ पनि कोरोना संक्रमित भएपछि छायांकन रोकिएको थियो ।