२०८२ जेठ २१ मङ्गलबार

राशिफल

हामी यो सरकार हटाएर अर्को सरकार बनाउन चाहान्छौंः माओवादी केन्द्र

काठमाण्डु – बुधबार बस्नेगरी माअ‍ोवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ ।

मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकारलाई दिएको समर्थन तत्काललाई यथावत राख्ने निर्णय गरेको छ ।

अर्को सरकार बन्ने अवस्था नरहेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

‘यो सरकारलाई हाम्रो समर्थन छैन । औपचारिक रूपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने छ,’ उनले भने, ‘हामी यो सरकार हटाएर अर्को सरकार बनाउन चाहान्छौं ।’

बैठकले संसद् अधिवेशन अन्त्य गर्ने कार्य अलोकतान्तिक, निरंकुश र स्वच्छचारी कदम रहेको निष्कर्ष निकालेको छ ।