२०८२ जेठ २१ मङ्गलबार

राशिफल

लुम्बिनीका चार सांसदलाई जसपाले सोध्यो २४ घण्टे स्पष्टिकरण

जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका चार जना सांसदलाई स्पष्टिकरण सोधेको छ ।

जसपा लुम्बिनी प्रदेश संसदीय दलले सोमबार मन्त्री बनेका चार जना सांसदलाई जसपा २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको बताए ।

पत्रमा उनले पार्टी प्रदेश समितिको चैत २६ गतेको निर्णय र संसदीय दलको बैसाख ६ गतेको निर्णय अनुसार सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न ह्वीप जारी गरिएको निर्णय थाहा हुँदाहुँदै मन्त्रीको सपथ लिनु गम्भीर ह्वीप उल्लंघन भएको उललेख गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे मन्त्री बनेका छन् ।

विजय यादव भूमि व्यवस्था तथा कृषि, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्रालय, सन्तोष पाण्डे भौतिक पूर्वाधार र सुमन शर्मा रायमाझी राज्यमन्त्री बनेका छन् ।