२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कोरियामा नेपाली श्रमिकले एक वर्ष भिसा अवधि थप्न पाउने

इपिएसमार्फत दक्षिण कोरियामा श्रम गरिरहेका नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ ।

कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा एक वर्ष थप गर्न पाउनेछन् ।

कोरिया सरकारले अप्रिल महिनाको १३ तारिखदेखि १ वर्षका लागि प्रवेशाज्ञा थप गर्न पाउने नियम पारित गरेको हो ।

श्रमिकले तीन वर्षको कार्यकाल सकिने श्रमिकले एक वर्ष थपेर चार वर्ष पूरा गरेपछि पुनः पहिलेकै नियमानुसार एक वर्ष १० महिनाको प्रवेशाज्ञा थप्न सक्नेछन् । कोरियामा गत वर्षको कोरोना संक्रमणपछि कुनै विदेशी श्रमिक भित्रिएका छैनन् ।